अर्घाखाँची,मंसिर २४ । अर्घाखाँचीको शितगंगा नगरपालिकामा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।
शनिबार साँझ महेन्द्र राजमार्गको शितगंगा ८ सातमारामा राप्ति पुल नजिकै ना ६ ख २७३९ नम्बरको ट्रक अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ।
मृत्यु हुनेमा सोही ट्रकका साहु रुपन्देही जिल्ला देवदेह नगरपालिका- ४ बस्ने मनोज कुमार शाक्य रहेका छन् । उनको भालुवाङ्ग अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
चालक नवलपरासी (पश्चिम) रामग्राम नगरपालिका- १८ का ३१ वर्षिय संजयकुमार चौधरी घाइते छन् । उनको उपचार भइरहेको छ ।
प्रकाशित मिति : २०८० मङ्सिर २४ गते आइतवार