२०८३ भाद्र ११ गते बिहिवार

करेण्ट लागेर एक सैनिकको मृत्यु

नुवाकोट ,मंसिर २४ । नुवाकोटमा सेनाको व्यारेकभित्रै करेण्ट लागेर एक जना सैनिकको मृत्यु भएको छ।

बिदुर नगरपालिका-६ देवीघाट जलविद्युत केन्द्र परिसरमा रहेको सेनाको व्यारेकमा शनिबार बेलुकी करेण्ट लाग्दा कार्यरत सेनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।

लापरवाहीपूर्ण छोडिएको करेण्ट लाग्दा सेनाको जवरजंग गण, देबीघाट ब्यारेकमा कार्यरत हवल्दार रामेछापको लिखु तामाकोसी गाउँपालिका–६ का ३२ वर्षीय रामकुमार कार्कीको मृत्यु भएको हो।

करेन्ट प्रवाहित तारमा छोएको बाँसमा छुँदा सख्त घाइते भएका कार्कीलाई उपचारका लागि नुवाकोट जिल्ला अस्पताल त्रिशूली लैजादै गर्दा ज्यान गएको स्थानीयको भनाई छ।

कार्कीको शव पोष्टमार्टमका लागि नुवाकोट जिल्ला अस्पताल त्रिशूलीमा राखिएको छ। घटनाको विवरण नेपाली सेनाको जवरजंग गणले वास्तविकता बताउन चाहेको छैन।

प्रकाशित मिति : २०८० मङ्सिर २४ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *