२०८२ असार ५ गते शुक्रवार

अर्थतन्त्र विकासको मेरुदण्ड सहकारी

घोराही, मंसिर २३ । सहकारी आर्थिक विकासको मेरुदण्डको एक मेरुदण्डका रुपमा विकास भएको एक कार्यक्रमको सहभागीहरुले बताएका छन् ।

सुनौलो बचत तथा ऋण सहकारी संस्थाको १५ औं साधारणसभा तथा अधिवेशनको अवसरमा घोराहीमा आयोजित कार्यक्रमको सहभागीहरुले यस्तो बताएका थिए ।

सहकारी संस्थाका कार्यवहाक अध्यक्ष नारायण पोख्रेलको अध्यक्षता तथा घोराही उपमहानगरपालिका शाखा अधिकृत प्रेम केसीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि केसीले सहकारी मुुलुकको आर्थिक विकास र रुपान्तरणको मेरुदण्ड रहेको बताए ।

सहकारी विकासले सामाजिक तथा आर्थिक रुपान्तरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै लैैजानुुपर्ने उनको भनाई थियो ।

कार्यक्रममा जिल्ला सहकारी संघका लेखा समितिका संयोजक होमलाल भुुषालले सरकारी विकास मुुलुुक आर्थिक समृद्धिको सारथी बनेको बताए । जसले मुलुकलाई आर्थिक आन्त्मनिर्भरतातर्फ उन्मुख गराउदै समेत लगेको उनको भनाई थियो ।

कार्यक्रममा नेपाल पत्रकार संघ दाङका सदस्य गिरिराज नेपालीले सहकारी विकास आर्थिक रुपान्तरण तर्फ समाजलाई उन्मुख गराृउदै लगिरहे पनि जोड दिए । तर सहकारीहरु आफ्नो उद्देश्य अनुुरुप कर्ममा भन्दा बचत र ऋणमा मात्रै सीमित रहदा सहकारीहरु उद्यमशील बन्न नसकेको उनको भनाइ छ ।

कार्यक्रममा राष्ट्रिय सहकारी बैकका सहायक मिलन दंगाल लगायतकाले शुुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

सहकारी संस्थाका सदस्यका ओमकान्त रेग्मीको स्वागत मन्तव्यवाट सुरु भएको कार्यक्रममा कोषाध्यक्ष सौरव पोख्रेलको आर्थिक तथा संस्थागत चन्द्र बहादुर पुनले संस्थागत प्रतिवेदनद प्रस्तुुत गरेका थिए ।

प्रकाशित मिति : २०८० मङ्सिर २३ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *