२०८० फाल्गुन २० गते आइतवार

बंगलाचुलीमा लिफ्ट खानेपानी आयोजनाको काम शुरु


दाङ,मंसिर २३ । दाङको बंगचालुलीमा लिफ्ट खानेपानी आयोजनाको काम शुरु भएको छ ।

पिउने पानीको समस्या झेल्दै आइरहेको दाङको पहाडी क्षेत्र बंगलाचुली गाउँपालिका वडा नम्बर ३ र ६ बचनी गाउँका स्थानीयलाई लक्षित गरी खानेपानी आयोजनाको काम शुरु भएको हो ।

खानेपानी आयोजना अन्र्तगत पहिलो चरणमा वडा नम्बर ३ स्थित गोवन पानी लिफ्ट खानेपानी आयोजनाका लागि ट्याङ्की निर्माणको काम शुरु भएको छ ।

बंगलाचुली गाउँपालिका र समाजविकास सञ्जाल बंगलाचुलीको १८ लाख संयुक्त लगानीमा यो आयोजना काम शुरु भएको हो ।

अनुगमनका क्रममा स्थानीय अगुवा ऋषी विश्वकर्माले ट्याङ्की निर्माण स्थलको भौगोलिक अवस्थाको बारेमा जानकारी गराएका थिए ।

गाउँपालिका अध्यक्ष तुल्सीराम पुनमगरले खानेपानी आयोजनाको लागि ट्याङ्की निर्माणका लागि बनाउँदै गरेको जग्गाको अनुगमन गरेका गरेका हुन ।

गाउँपालिकाको एक घर एक धारा अभियान अनुसार खानेपानी योजनाका कामहरु अघि बढेको अध्यक्ष पुनमगरले जानकारी दिए ।

आगामी वैशाख महिनासम्ममा बचनीका स्थानीयलाई खानेपानी उपलब्ध गराउने गरी काम अघि बढेको समाज विकास सञ्जाल बंगलाचुलीका व्यवस्थापक वासुदेव भण्डारीले जानकारी दिए ।

प्रकाशित मिति : २०८० मङ्सिर २३ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *