२०७७ मङ्सिर १४ गते आइतवार

दाङमा नेकपाका पदाधिकारीलाई सपथ


दाङ, जेठ १ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाङ जिल्लाका पदाधिकारी तथा सदस्यहरुको सपथ ग्रहण बुधबार घोराहीमा भएको छ । प्रदेश नं. ५ का मुख्यमन्त्री तथा नेकपाका प्रदेश इञ्चार्ज शंकर पोखरेलले सपथ खुवाएका हुन् । नेकपा दाङको कमिटी १ सय ५५ सदस्यको छ । पूर्व एमालेबाट ८५ र पूर्व माओवादीबाट ७० गरी कुल १ सय ५५ सदस्यलाई मुख्यमन्त्रीले एकसाथ सपथ ग्रहण गराएका हुन् ।

५ नम्बर प्रदेशका १२ जिल्लामध्ये दाङमा सबैभन्दा पहिला सपथ ग्रहण कार्यक्रम गरिएको छ । नेकपामा पार्टीको एकता भएको झण्डै एक वर्षपछि जिल्ला तहको एकता टुङ्गीएको हो । नेकपा प्रदेश कमिटीको बैशाख २८ गते बसेको बैठकले प्रदेशका १२ जिल्लामा एकता टुंग्याउने निर्णय पारित गरेको थियो ।

बुधबार नै मुख्यमन्त्री पोखरेलले घोराहीस्थित रेडियो मध्यपश्चिमको साधारणसभा र विजौरीस्थित जनता विद्यापीठको नवनिर्मित सटरको पनि उद्घाटन गरेका छन् ।

प्रकाशित मिति : २०७६ जेष्ठ १ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *