२०८० फाल्गुन २० गते आइतवार

लुम्बिनी प्रदेशको निजामती विधेयक प्रदेश प्रमुखबाट प्रमाणीकरण


दाङ,मंसिर २१ । लुम्बिनी प्रदेशको निजामती विधेयक प्रमाणीकरण भएको छ ।

प्रदेश प्रमुख अमिक शेरचनले बिहीवार विधेयक प्रमाणीकरण गरेका हुन् ।

प्रदेश निजामती सेवा गठन सञ्चालन र सेवा शर्त सम्बन्धमा ब्यवस्थापन गर्न बनेको विधेयक शेरचनले प्रमाणीकरण गरेको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता धर्म अर्याल बेल्बासेले जनाकारी गराए ।

उक्त विधेयक २०८० भदौ २२ गते प्रदेश सभाबाट पारित भै प्रमाणीकरणका लागि प्रदेश प्रमुखको कार्यालयमा पेश गरिएको थियो ।

विधेयक प्रमाणीकरणसगै अब लुम्बिनी प्रदेश सरकारलाई कर्मचारी ब्यस्थापन तथा थप कर्मचारी भर्ना गर्न बाटो खुलेको छ ।

प्रदेश सरकारले कर्मचारी जनशक्तिको अभाव देखाउँदै काम गर्न नसकेको भन्दै आएको थियो ।

प्रकाशित मिति : २०८० मङ्सिर २१ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *