२०८० फाल्गुन २० गते आइतवार

हिंसा अन्त्यका लागि सबै पक्ष जिम्मेवार बन्नुपर्ने


तुलसीपुर,मंसिर १९। लैंगिक हिंसा अन्त्यका लागि सबै पक्ष जिम्मेवार बन्नुपर्ने एक कार्यक्रमका बक्ताहरुले जोड दिएका छन ।

लैगिक हिंसा बिरुद्धको १६ दिने अभियान अन्तरगत मंगलवार तुलसीपुर उपमहानगरपालिका महिला बालबालिका तथा सामाजिक विकास शाखाको आयोजना तथा तुलसीपुर वडा नं. ४ को समन्वय एवं नेपाल नेत्र ज्योती सघं राप्ती आँखा अस्पताल रक्षाचौरको साझेदारीमा तुलसीपुर–४ स्थित घोरानेटीमा भएको लैंगिक हिंसा विरुद्ध सचेतना कार्यक्रममा बोल्ने बक्ताहरुले हिंसा न्युनीकरण गर्नका लागि सबै निकायका व्यक्तीहरु जिम्मेवार भएर लाग्नुपर्नेमा जोड दिएका हुन ।

एनएवीपी नर्वेको आर्थिक सहयोगमा भएको कार्यक्रममा लैंगिक हिंसाका घटनाहरु बढदै गएकोले जनचेतनामुलक कार्यक्रमसँगै ब्यवहार परिवर्तन हुनसके मात्रै लैंगिक हिंसा न्युनीकरण गर्न सकिने उनीहरुको भनाइ छ ।

तुलसीपुर उपमहानगरपालिका वडा नं. ४ का वडाध्यक्ष तुलसी थापाको अध्यक्षतामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीले हिंसा रहित समाज निमार्णका लागि सबै छोरीहरु शिक्षित हुनुपर्ने र हरेक घरबाट लैंगिक समानताको सुरुवात गर्नुपर्नेमा जोड दिइन ।

उनले जबसम्म सबै छोरीहरु शिक्षित हुदैनन् तब सम्म समाजमा लैंगिक बिभेद् कायमै रहने तर्क गरिन । उनले स्थानीय सरकार लैंगिक हिंसा न्युनीकरण गर्न प्रतिबद्ध रहेको बताइन । हिंसालाइ अन्त्य गरेर मात्र समतामुलक समाज निर्माण गर्न सकिने उनको भनाई छ ।


कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका वडा नं. ४ का वडा सदस्यद्धय कुमारी बिक,नारायणी पुनले लैंगिक हिंसा हटाउन घरबाटै महिला र पुरूष दुवैले भूमिका खेल्नुपर्नेमा धारणा राखे ।


त्यस्तै राप्ती आँखा अस्पतालका निमित्त प्रसाशक शालिकराम गौतमले राप्ती आँखा अस्पतालले सन २०१९ देखि लंैगिक हिंसा विरुद्ध सचेतना कार्यक्रम गदै विभिन्न हिंसामा पीडिलहरुलाई उपचार सेवा दिएको बताए ।
उनका अनुसार हालसम्म १ सय ३ जना हिंसा पिडितहरु उपचार सेवा लिन आएको तथ्याङक पेश गरे ।

अस्पतालमा पहिलो वर्षको तुलनामा यसवर्ष हिंसा पीडितको सख्या घट्दो क्रममा छ । तथ्याङ्क अनुसार पहिलो वर्ष २७ जना हिंसा पीडित आएका थिए भने यसवर्ष घटेर १३ जनामा झरेको छ ।

अस्पतालका प्रसाशक गौतमका अनुसार यी मध्ये श्रीमानबाट पीडित भएका महिलाहरुको संख्या सबैभन्दा धेरै छ भने सासु–बुहारी र छिमेकी महिलाबाट पिडित भएका महिलाहरु रहेका छन ।


कार्यक्रममा गोठीखोला प्रहरी चौकीका इन्चार्ज भरतनाथ योगीले हिंसा पीडित महिलाहरु हिंसा लुकाएर बस्दा यसले बिकराल रुप लिएको बताए ।

जबसम्म हिंसा पीडित व्यक्तीहरु बाहिर आउन सक्दैन तबसम्म हिंसा न्युनीकरण गर्न नसकिने बताए । उनले सभ्य समाज निमार्ण गर्नका निम्ती समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत टोल–टोलमा पुगेर जनचेतना मुलक कार्यक्रम गर्दै आएको बताए ।

नेपाल नेत्र ज्योती सघं दाङका सदस्य प्रणव कुमार खड्का, दीप ज्योती आधारभुत बिद्यालयका अध्यक्ष खडका डाँगी,प्रध्यानाध्यापक मानबहादुर वली, ले लैगिङ्गताको आधारमा कसैले कसैलाई भेदभाव गर्न नपाइने बताए । उनले हिंसा हुन नदिन सबैले सोच परिवर्तन गर्न आवश्यक रहेको बताए ।


तुलसीपुर उपमहानगरपालिका महिला बालबालिका तथा सामाजिक बिकास शाखा प्रमुख माया श्रेष्ठको स्वागत सहित हिंसाको प्रकार आफुहरुले प्रवाह गर्ने सेवाहरुको बारेमा जानकारी गराएकी थिइन् ।

कार्यक्रमको सहजीकरण आँखा स्वास्थ्य कार्यक्रमका सुचना अधिकारी बालाराम खड्काले गरेका थिए ।

प्रकाशित मिति : २०८० मङ्सिर १९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *