तुलसीपुर ,मंसिर १८ । दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं ५ मा रहेको संस्कार पाठशालाले लैंगिक हिंसा विरुद्वकाे १६ दिने अभियान अन्तरगत साेमबार चित्रकला प्रर्दशन गरेको छ ।
बिद्यार्थी हरूलाई पाेषन बस्यालले चित्र प्रर्दशन गर्न सिकाएका थिए ।
उक्त प्रदर्शनबाट बिद्यार्थी हरूलाई चेतान बढेकाे तथा सामाजिक समस्याहरूलाई कला मार्फत अभिव्यक्त गर्ने क्षमताको विकास भएको विद्यालका संयाेजक रवि चापागाईंले बताए ।
प्रकाशित मिति : २०८० मङ्सिर १८ गते सोमवार