२०८२ असार १ गते सोमवार

रोजगारीका लागि भारत जाँदै गरेका दाङका वली रुपैडिया नाकाबाट सम्पर्कविहीन

दाङ, मंसिर १८ । रोजगारीको शिलशिलामा छिमेकी देश भारत जाँदै गरेका दाङका एक व्यक्ति सात दिनदेखि नेपाल भारत सिमानाका रुपैडियाबाट सम्पर्कविहीन भएका छन् ।

गत मंसिर ११ गते रोजगारीको लागि भारत जाँदै गरेका दाङको शान्तिनगर गाउँपालिका वडा नम्बर ६ देवीपुर निवासी ४८ वर्षीय जयप्रकाश वली रुपैडिया नाकाबाट सम्पर्क विहीन भएका हुन् ।

वली आफ्ना जवाइ शान्तिनगर गाउँपालिका वडा नं. ७ सानो तुलसीपुरका खगेन्द्र केसीसँग भारत हिडेका थिए ।

रुपैडिया पुगेपछि भारतको रामपुर जानको लागि बसको टिकट काटेर बाटोमा खानको लागि नास्ता लिन गएको र नास्ता लिएर आउँदा बस छुटिसकेको र जेठान पनि त्यहाँ नभेटिएको उनका जवाइ खगेन्द्रले तीन दिनपछि परिवारलाई जानकारी दिए ।

जेठानलाई नभेटाएपछि खगेन्द्र भारतको चन्डीगढसम्म खोज्न पुगेका छन् । अहिले पनि उनी भारतमै छन् ।

यसअघि पनि वली रोजगारीको लागि भारतको सिम्ला जाने आउने गरेका थिए । सम्पर्क बिहीन भएका वलीको साथमा मोबाइल नभएको र लेखपढ गर्न पनि नजान्ने भएकाले खोज्न समस्या भइरहेको शान्तिनगर वडा नं. ६ का वडासचिव अनन्त पुनले जानकारी दिए ।

पुनका अनुसार भारतमा रहेका आफन्तहरुलाई पनि सम्पर्क गर्दा उनी कतै भेटिएका छैनन् । साथै देख्ने र भेट्ने ब्यक्तिले +९७७–९८४४९६७२२१ मा सम्पर्क गरिदिन आग्रह गरेका छन् ।

प्रकाशित मिति : २०८० मङ्सिर १८ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *