२०८१ बैशाख १३ गते बिहिवार

दंगीशरणमा मनाइयो अपांगता दिवस


दंगीशरण,मंसिर १७ । दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीले अपाङ्गता भएका ब्यक्तीहरुलाइ राज्यको मुल प्रवाहमा ल्याउन र सिपमुलक कार्यक्रमहरु अगाडी बढाउनु आजको आवस्यकता रहेको बताएका छन ।

३२ औ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसमा गाउँपालिकाले आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष गिरीले यस्तो बताएका हुन ।

उनले अपाङ्गता भएका ब्यक्तीहरुलाइ बोलाइने शब्दहरुलाइ ख्याल गरी माया र सद्भाव ब्यक्त गर्न कार्यक्रमका सहभागीहरुलाइ आग्रह गरे ।

आफु स्वयंपनि अपांग ब्यक्तीको अभिभावक रहेकाले पनि अपाङ्गता भएका ब्यक्तीको परिवारको पिडा राम्रोसङ्ग बुझेको बताए ।

आफु निर्वाचित भएलगत्तै अपाङ्गता भएका ब्यक्तीहरुका लागी सेवा पहुच सम्बन्धि निर्णय गरेको जनाउदै अध्यक्ष गिरीले अपाङ्गताको क्षेत्रमा आफुले ५ लाख बजेटनै छुट्टाएर कार्यक्रम अगाडि बढाएको दाबी गरे ।

यस्तै कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष पिमा वलि खड्काले अपाङ्गता परीचयपत्र वितरण गर्ने सवालमा क”र ख” मात्र बनाइदिनु पर्यो भन्ने अवाज आइरहदा अपाङ्गता न्युनिकरण गराउन तर्फ लाग्न आग्रह गरिन ।

अपांगता भएका ब्यक्तीहरुको फरक क्षमताको मापन गर्दै उनिहरुको क्षमता अनुसारको सिप प्रदान गर्न आफुहरु लागि रहेको बताइन ।

कार्यक्रमका गाउँपालिकका निमित्त प्रमुख प्रशासकिय अधिकृत बिनोद अधिकारीले अपाङ्गताभएका ब्यक्तीहरुका लागी थप सहायता आवस्यक रहने बताए ।

उनले दंगीशरण गाउँपालिका भित्र रहेका ५१० जना अपाङ्गता भएका ब्यक्तीहरुको संख्यालाइ घटाउनुपर्ने र सबै ५१० जना अपाङ्गहरुकै प्रोफाइल बनाएर उनीहरुको बर्ग छुटाउन आबश्यक रहेको बताए ।

कार्यक्रममा कार्यपालिका सदस्य चन्दा योगी वडा अध्यक्षहरु डम्बर खत्री, कमल थारु ,रोशन जङ शाह,रमेश भण्डारी ,रेनुका विक लगाएतले आ- -आफ्नो भनाइ राखेका थिए ।


त्यस अबसरमा महिला बालबालिका शाखाकी सहायक चन्द्रा वलिले कार्यपत्र प्रस्तुत गरेकी थिइन भने कार्यक्रमको सहजीकरण गाउँपालिकाका प्रेस सल्लाहकार प्रमोद आचार्यले गरेका थिए ।

प्रकाशित मिति : २०८० मङ्सिर १७ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *