२०८३ भाद्र १२ गते शुक्रवार

फेला परे गणेशपुरका १२ बर्षे आनन्द


दाङ, मंसिर १७ । दाङको तुलसीपुर उपमहानगरपालिका ७ गणेशपुरका भएका १२ वर्षीय आनन्द रेग्मी काठमाडौंमा फेला परेका छन् ।


मंसिर ८ गते शनिबार बिहान साढे १० बजेपछि एकाएक घरबाटै हराएका उनी मंसिर १७ गते दिउँसो काठमाडौं गंगबुस्थित बसपार्कमा फेला परेको बुवा जिवराजले जानकारी दिए ।


आनन्दलाई जिवराजका दाजुका छोरा मिलनले बसपार्कमा हिडिरहेको समयमा फेला परेका हुन । आनन्द घरबाट ३५ हजार रुपैंया चोरेर फरार भएका थिए ।

आनन्द हराएपछि घर परिवारले इलाका प्रहरी कार्यालय तुलसीपुरका साथै काठमाडौंका बिभिन्न प्रहरी कार्यालयहरुमा समेत खोजीको आग्रह गर्दै निबेदन दिएका थिए ।


आनन्द काठमाडौंको माछा पोखरी नजिकै देखिएको खबर पाएपछि बुवा जिवराजसहित आफन्त उनको खोजीको लागि काठमाडौं पुगेका थिए ।


इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रबक्ता प्रहरी निरीक्षक नवचन्द्र मल्लले आनन्द दाङबाट काठमाडौं, काठमाडौंबाट नेपालगंज र नेपालगंजबाट सुर्खेत पछि फेरि काठमाडौंमा बरालिएको भन्ने कुरा सोधपुछबाट खुलेको जानकारी दिए ।

प्रकाशित मिति : २०८० मङ्सिर १७ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *