२०८१ बैशाख १३ गते बिहिवार

ठूलो परिमानमा लागु औषधसहित श्रीमान – श्रीमति पक्राउ

दाङ, मंसिर १७ । बाँकेको कोहलपुरबाट श्रीमन श्रीमति ठूलो परिमानमा लागु औषधसहित पक्राउ परेका छन् ।


कोहलपुर नगरपालिका – ८ का ४० बर्षीय रेवन्त राना र उनकी ३३ बर्षीया श्रीमति कबिता थापा लागु औषधसहित पक्राउ परेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी सुन्दर तिवारीले जानकारी दिए ।


गोप्य सूचनाका आधारमा उनीहरुको पिपिरीस्थित घरमा गइ खान तलासी गर्दा शनिबार राति पौने ९ बजेतिर १२ किलो ७०४ ग्राम चरेश र २ केजी ११६ ग्राम अफिम फेला परेको तिवारीले बताए ।


ती प्रतिबन्धित लागु औषधहरु घर तथा उनीहरुले प्रयोग गर्दैै आएको बा ५ प ८२१५ नम्बरको कारबाट बरामद भएको थियो ।


जिल्ला प्रहरी प्रबक्ता डिएसपी नारायण डाँगीका अनुसार रेवन्त यसअघि पनि पटक ÷ पटक लागु औषध तथा सार्वजनिक अपराध शिर्षकमा मुद्दा खेपेका ब्यक्ति हुन ।
उनी माथि २०७१ ÷ १२ ÷ १९ गते जिल्ला प्रहरी कार्यालय बर्दियाले ब्राउन सुगर शिर्षकमा मुद्दा चलाएको थियो ।

२०७२ ÷ ०६ ÷ २० गते जिल्ला प्रहरी कार्यालय बाँकेले उनका बिरुद्ध केही सार्वजनिक अपराध शिर्षकमा मुद्दा चलाएको थियो भने २०७३ ÷ ०३÷ ०३ गते इलाका प्रहरी कार्यालय कोहलपुरले रेवन्त बिरुद्ध लागु औषध चरेश सम्बन्धि मुद्दा चलाएको थियो ।


प्रबक्ता डाँगीका अनुसार रेवन्तको बिगतपनि राम्रो नभएको र पछिल्लो समय उनीहरुका श्रीमान – श्रीमति दुबै लागु औषध ओसार पसारमा संलग्न भएको खुलेको छ । राना दम्पत्ति डिलर नै रहेको प्रहरीको आशंका छ । यो दम्पत्ति पक्राउ परेपछि अन्य कारोबारीको पनि संलग्नता पत्ता लगाउन सहज हुने प्रहरीको अपेक्षा छ ।


लागु औषध नियन्त्रण ऐन २०३३ को दफा १४ बमोजिम १५ बर्षदेखि जन्मकैद जेल सजाय र पाँच लाखदेखि २५ लाखसम्म जरिवाना हुन सक्ने कानुनी प्राबधान रहेको छ ।

प्रकाशित मिति : २०८० मङ्सिर १७ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *