दाङ,मंसिर १७ । आज ३२औं अन्तराष्ट्रिय अपागंता दिवस विविध कार्यक्रम गरी मनाईंदै छ ।
संयुक्त राष्ट्रसंघको महासभाले सन् १९९२ मा घोषणा गरेदेखि हरेक वर्ष डिसेम्बर ३ मा अपांगता भएका व्यक्तिको अन्तराष्ट्रिय दिवस विश्वभर मनाईंदै आइएको छ ।
यस वर्षका अन्तर्राष्ट्रिय नारा – अपांगता भएका व्यक्तिको अधिकारसम्बन्धी महासन्धि र दिगो विकासका लागि २०३० एजेन्डाद्वारा अपांगता भएका व्यक्तिका लागि सबै मानवअधिकारको पूर्तिु गर्ने रहेको छ ।
यो वर्षको अपांगता दिवसको राष्ट्रिय नारा ‘दिगो विकास लक्ष्य प्राप्तिको प्रतिबद्धता अपांगता भएका व्यक्तिको अपनत्व र नेतृत्वसहितको ऐक्यबद्धता’ रहेको छ ।
प्रकाशित मिति : २०८० मङ्सिर १७ गते आइतवार