२०८० फाल्गुन २० गते आइतवार

विद्यार्थीलाई आत्महत्या विरुद्ध सचेतना

घोराही, मंसिर १६ । घोराहीका चार वटा विद्यालयहरुमा आत्महत्या विरुद्ध सचेतना कार्यक्रम भएको छ ।
लैंगिक हिसा विरुद्धको १६ दिने अभियान अन्तरगत कार्यक्रम भएको हो ।

‘लैंगिक हिंसा अन्त्यको सुनिश्चितता ः महिला र बालबालिकामा लगानीको ऐक्यवद्धता’ भन्ने मूल नाराका साथ अभियान गरिएको हो ।

नेपाल महिला सामुदादयिक सेवा केन्द्र र नागरिक आवाजको सहकार्यमा सञ्चालित ‘सामुदायिक सुरक्षा जालो’कार्यक्रम अन्तरगत घोराहीका चारवटा सामुदायिक विद्यालयमा कार्यक्रम गरिएको हो ।
घोराही उपमहानगरपालिका – ४ को मावि डाँडा गाउँ गोग्ली, घोराही – ६ को जयशेर मावि रावत गाउँ, घोराही – १३ को बराह क्षेत्र मावि बनगाउँ र घोराही – १७ को मावि चौघेरामा सचेतना कार्यक्रम गरिएको हो ।
चार विद्यालयका तीन सय बढि बालबालिका एवं शिक्षकलाई मनोसामाजिक मनोविमर्शकर्ता लक्ष्मी ढकालले आत्महत्याका कारणहरु, लक्षणहरु र न्यूनिकरणका उपायहरुका विषयमा अबगत गराएकी थिइन ।
मानसिक स्वास्थ्य समस्याले गर्दा आत्महत्या बढि रहेकाले अभियान अन्तरगत विद्यालय केन्द्रिय सचेतना कार्यक्रमहरु आयोजना गरिएको संस्थाका अध्यक्ष कल्पना न्यौपानेले जानकारी दिएकी थिइन ।

सुस्मीता बिकले समुदायमा आत्महत्याको घटनाहरु बढि रहेको हुँदा सरोकार वालाहरु त्यो न्यूनिकरणका लागि थप जिम्मेवार बन्न आवश्यक रहेको बताइन ।

विद्यार्थी प्राप्ती चौधरीले विद्यालयको नियमित पढाइका साथै यस्ता सचेतना मूलक कार्यक्रम हुन अतेन्तै सकारात्मक पक्ष मान्नु पर्ने बताइन ।

पीडामा परेको मानिसको मनको भावना सुन्ने, माया ममता दिएमा पनि यस्ता न्यूनिकरण हुन्छन् भन्ने थाहाँ पाएको उनले बताइन ।
अन्य स्कूलहरुमा पनि यस्तै ‘महिला सामुदायिक सुरक्षा जालो’ कार्यक्रम संचालन गरिने कार्यक्रम संयोजक लिला शाहले बताइन ।

प्रकाशित मिति : २०८० मङ्सिर १६ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *