२०८२ असार ७ गते आइतवार

सुरक्षित यात्राका लागि जेब्राक्रसिङ निर्माण

तुलसीपुर, १५ मंसिर । तुलसीपुरको मदन आश्रीत चोकमा जेब्राक्रसिङ निर्माण गरिएको छ ।

सृजना बालक्लब मावि सेन्टर तुलसीपुर र ट्राफिक प्रहरी कार्यालय तुलसीपुरको समन्वयमा मदन आश्रीत चोकमा जेब्राक्रसिङ निर्माण गरिएको क्लबका अध्यक्ष राजु विश्वकर्माले जानकारी दिए ।

दक्षिणमा सितलपुर रोड, उत्तरमा तुलसीपुर बजार, पुर्वमा मावि सेन्टर र पश्चिममा सुकौरा रोड पर्ने उक्त चोकमा जेब्राक्रसिङ निर्माण गरिएको हो ।

मख्य चोकमा जेब्राक्रसिङ नहुदा विशेषगरी स्कुले बालबालिकालाई विद्यालय आवतजावत गर्ने क्रम बाटो काट्दा समस्या हुने गरेको थियो ।


सोही समस्यालाई मध्यनजर गर्दै चोकमा जेब्राक्रसिङ निर्माण गरिएको क्लबका अध्यक्ष विश्वकर्माले बताए ।

त्यस अवसरमा क्लबका अध्यक्ष विश्वकर्मासहित मावि सेन्टरमा अध्यनरत विद्यार्थी,शिक्षिका,ट्राफिक प्रहरी कार्यालय तुलसीपुरका प्रमुख ट्राफिक प्रहरी वरिष्ट नायव निरीक्षक इश्वरी देवकोट, ट्राफिक प्रहरी हवल्दार डिल्ली आचार्य, सहायक हवल्दार जिवलाल भुसाल, प्रकाश चौधरी लगाएतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २०८० मङ्सिर १५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *