२०८३ जेष्ठ १६ गते शनिवार

राष्ट्रिय सभा सदस्य निर्वाचनको कार्यतालिका सार्वजनिक

काठमाडौं ,मंसिर १५ । निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ।

सरकारले माघ ११ गते निर्वाचन मिति घोषणा गरेपछि आयोगले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो।

जसअनुसार मंसिर २४ देखि २९ गतेसम्म दल दर्ताको समय तोकिएको छ।

दल दर्ता भएपछि पुन १ गते राजनीतिक दललाई निर्वाचन चिन्ह प्रदान गरी पुस ४ गते स्वीकृत दलको नामावली नेपाल राजपत्रमा प्रकाशनार्थ पठाइने आयोगले जननाएको छ।

त्यस्तैपुस १६ गते निर्वाचन अधिकृतको नियुक्ति र सोही दिन सातवटै प्रदेश निर्वाचन कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने आयोगले जनाएको छ।

आयोगले निर्वाचनको समय विहान ९ बजेदेखि अपरान्ह ३ बजेसम्म तोकेको छ।

प्रकाशित मिति : २०८० मङ्सिर १५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *