२०८२ जेष्ठ ३० गते शुक्रवार

भुकम्प पीडितलाई लमही नगरपालिका द्वारा राहत प्रदान


दाङ ,मंसिर १५ ।जाजरकोट र रुकुम पश्चिमका भुकम्प पीडितका लागि लमही नगरपालिकाले तीन लाख बराबरको राहत (७२ थान ब्लान्केट र ७२ बोरा चामल ) जिल्ला प्रशासन कार्यालय जाजरकोटलाई हस्तान्तरण गरेको छ ।

लमही नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र प्रसाद श्रेष्ठ, वडा नम्बर १ का वडा अध्यक्ष दामोदर पौडेल, ३ का वडा अध्यक्ष मनोज कुमार चौधरी, ५ का वडा अध्यक्ष ओम प्रसाद सुवेदी, नगर प्रमुखका स्वकीय सचिव संकर चौधरी , प्रेस संयोजक प्रिया स्मृती गजमेर लगायतको टोली बिहिवार जाजरकोट पुगेर उक्त राहत सामग्री हस्तान्तरण गरेको हो ।

भुकम्प पीडितहरुलाई प्राप्त भएको राहत सामग्री व्यवस्थापनको जिम्मेवारी पाएका रुकुम पुर्वका सहायक प्रमुख जिल्ला अधिकारी हिरालाल आचार्यलाई ती राहत सामाग्री प्रदान गरिएको हो ।

केही दिन अगाडी लमही नगरपालिकाको कार्यपालिका बैठकले जाजरकोट र रुकुम पश्चिमका भुकम्प पीडितलाई राहत सहयोग गर्ने भनेर तीन लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको थियो ।

प्रकाशित मिति : २०८० मङ्सिर १५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *