२०८१ बैशाख १३ गते बिहिवार

घाँस काट्ने क्रममा खरबारीबाट लड्दा एक जना मृत्यु

अर्घाखाँची,मंसिर १४ । अर्घाखाँचीको छत्रदेवमा खरबारीबाट लड्दा एक जनाको मृत्यु भएको छ ।

छत्रदेव गाउँपालिका ८, काफलडाँडा निवासी पदम बिकको खरबारीमा घाँस काट्ने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

४८ वर्षीय बिक बिहीवार बिहान घर नजिकै घाँस काट्न गएका थिए। खरबारीमा चिप्लिएर झन्डै ७० मिटर तल खसेका बिकलाई उपचारका लागी गुल्मी जिल्ला अस्पताल लगिएको थियो ।

बेलुका पौने छ बजे उनलाई अस्पतालले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०८० मङ्सिर १४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *