२०८२ असार ४ गते बिहिवार

चरित्र हत्या गर्ने एक जना पक्राउ

तुलसीपुर,मंसिर १४ । दाङमा महिलाको अपमान गरी सामाजिक सञ्जालमा सामाग्री पोष्ट गर्ने एक जना पक्राउ परेका छन ।

पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ४ का २६ वर्षिय शरद कवर रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

सल्यान शारदा नगरपालिका वडा नम्बर १३ घर भई हाल तुलसीपुर ८ बेलुवामा बस्दै आएको २४ वर्षिया युवतिले ईलाका पहरी कार्यालय तुलसीपुरमा बुधबार जाहेरी दिएकी थिईन् ।

युवतीको जाहेरीपछि प्रहरीले युवक शरदलाई तुलसीपुरबाट पक्राउ गरेको हो ।

पक्राउ परेका कवँरले रमिता मोह नामक फेसबुक आइडिबाट विभिन्न महिलाहरुको फोटो राखी सामाजिक सञ्जालमा महिलाहरुको सामाजिक मान प्रतिष्ठा तथा ईज्जतमा आँच पुग्ने सामाग्री पोष्ट गर्ने गरेकोले पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवचन्द्र मल्लले जानकारी दिए ।

कवँरलाई प्रहरीले बुधबार साँझ ५ बजेतिर पक्राउ गरेको हो । पक्राउ परेका कवँरमाथि प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

कवरलाई विद्युतिय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ बमोजिम कारबाही हुने प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८० मङ्सिर १४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *