तुलसीपुर,मंसिर १३ । ट्राफिक प्रहरी कार्यालय तुलसीपुरका प्रमुख इश्वरी देवकोटाले ट्राफिक व्यवस्थापन र दुर्घटना न्युनीकरणमा विषेश ध्यान दिने बताएका छन ।
कार्यालयले बुधवार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा प्रमुख देवकोटाले बढ्दो सवारी दुर्घटना न्युनीकरणका लागि बजारक्षेत्रमा सवारी पाकिङ्,अटो व्यवस्थापन र सवारी साधनको गति कम गर्न भुमिका खेल्ने प्रतिबद्धता जनाए ।
केही दिन पहिले मात्र बाँकेको नेपालगञ्जबाट सरुवा भएर ट्राफिक प्रहरी कार्यालय तुलसीपुर आएका देवकोटाले पुनःतुलसीपुरलाई हर्न निषेध क्षेत्र बनाउन स्थानीय सरकारसगं समन्वय गरेर अगाडी बढ्ने बताए ।
त्यस्तै तुलसीपुर क्षेत्रमा स्कुल बसहरुमा विद्यार्थीहरुको चाप अत्याधिक मात्रा देखिने गरेको भन्दै त्यसलाई कम गर्न विद्यालयहरुको छाता संगठन र अभिभावकहरुसगं छलफल गर्नेे बताए ।
त्यस अवसरमा प्रेस युनियन दाङका अध्यक्ष नारायण खड्का,नेपाल पत्रकार महासघं दाङका सहसचिव दिप्तीशिखा चौधरी,पत्रकार बसन्त पौडेल,सर्मिला डिसी,यमकला भुसाल,जितसागर जिएम,अन्जना चौधरी लगाएतले कार्यालयले सुचना सम्प्रेषणलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका थिए ।
साथै उनीहरुले सवारी दुर्घटना बढ्दो क्रममा रहेको भन्दै त्यसलाई न्युनीकरण गर्न सचेतना अभियानलाई तिब्र बनाउनुपर्ने बताए ।