२०८१ फाल्गुन २ गते शुक्रवार

बाँकेमा बालिकाको बलात्कार पछि हत्या गरि खेतमा गाडेको अवस्थामा शब फेला

दाङ, मंसिर १२ । नाबालिकाको बलात्कार पछि हत्या गरि खेतमा शब गाडेको आशंका गरिएका एक जना आरोपित पक्राउ पछि पूर्पक्षका लागि कारागार पठाइएका छन् ।

जिल्लाको डुडुवा गाउँपालिका – १ टेपरीकी १४ बर्षीया रिता हरिजन भनिने सिलावती चमार कात्तिक १४ गते दिउँसो ४ बजेतिर खेतमा गाडेको अवस्थामा फेला परेकी थिइन ।

सिलावतीको शब स्थानीय रामकुमार बाहुनको खेतमा फेला परेको थियो । भारतको जिल्ला बहराईच थाना रुपैडिहा तहशिल नानपारा ग्राम बाबागंजका ३० बर्षीय महेश चौहानले ट्रयाक्टरले खेत जोत्ने क्रममा जोत्ने क्रममा सिलावतीको शब फेला पारेको सुरुमा प्रहरीलाई खवर स्थानीयले गरेका थिए ।

सूचना पछि जिल्ला प्रहरी प्रबक्ता डिएसपी नारायण डाँगीसहितको प्रहरी टोली तालिम प्राप्त कुकुरसहित घटना पुगेको थियो ।

गाडिएको शब जोत्ने क्रममा उप्किएको भनिएपनि घटना संकाष्पद देखिएको हुँदा प्रहरीले तत्कालै ट्याक्टर चालकलाई नियन्त्रणमा लिएको थियो ।

घटना अनुसन्धानका क्रममा ट्रयाक्टर चालक चौहानले नै बालिकाको बलत्कार पछि हत्या गरेको बयान प्रहरी समक्ष दिएको डिएसपी डाँगीले बताए ।

चौहान बिरुद्ध नाबालिका माथि बलात्कार पछि हत्या गरेको कसुर अन्तरगत मुद्दा चलाइएको थियो । सोही आधारमा बाँके जिल्ला अदालतले सोमबार आरोपित चौहानलाई पूर्पपक्षका लागि कारागार पठाएको छ ।


बाँके डुडुवाको टेपरी र भारतको बहराईच थाना रुपैडिहा तहशिल नानपारा ग्राम बाबागंज सीमाना क्षेत्र हुन ।


चौहानको डुडुवा गाउँपालिका – १ टेपरीस्थित माइती गाउँमा बसेर ट्याक्टरले स्थानीयको खेत जोत्ने काम गर्ने गरेको प्रहरीले अनुसन्धानबाट खुलेको छ ।

प्रकाशित मिति : २०८० मङ्सिर १२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *