२०८२ असार ४ गते बिहिवार

प्रेस युनियनको ‘पत्रकार हितकोष’ मा आर्थिक संकलन जुट्ने क्रम जारी

तुलसीपुर,मंसिर १० । नेपाल प्रेस युनियन दाङले सञ्चालन गरेको ‘पत्रकार हितकोष’ का लागि आर्थिक संकलन जुट्ने क्रम जारी रहेको छ ।

पहिलो चरणमा प्रेस युनियनले सुरु गरेको अभियानका क्रममा प्रेस युनियन दाङमा आवद्ध २६ जना पत्रकारहरुबाट आठ हजार १५ रुपैया संकलन भएको छ ।

प्रेस युनियनमा आवद्ध पत्रकारहरुलाई आपतकालिन अवस्थामा सहयोग गर्ने उद्देश्यले हितकोषका लागि आथिंक संकलनको अभियान थालनी गरिएको थियो ।

जसअन्तर्गत मंसिरको ९ गते घोराहीमा बसेको बैठकबाट थप दोश्रो चरणका लागि प्रतिव्यक्ति ५० रुपैयाका दरले आर्थिक संकलनको काम सुरु भएको छ ।

जसअन्तर्गत प्रेस युनिय दाङका अध्यक्ष नारायण खड्का,सल्लाहकार सन्तोष सुवेदी, सचिव अमरक्षितिज भण्डारी,सहसचिव सन्तोष केसी, कोषाध्यक्ष लीलाधर वली, कार्यसमिति सदस्य नारायण नेपाल र प्रकाश केसीबाट साढे तीन सय रुपैया संकलन भएको छ ।

यो सँगै हितकोषमा आठ हजार तीन सय ६५ रुपैयाँ संकलन भएको छ । यो अभियानमा न्यूनतम ५० रुपैया भएपनि सक्नेले त्योभन्दामाथि जति भएपनि सहयोग गर्न सकिनेछ ।

हितकोषका लागि सहयोग गर्न इच्छुकले न्यूनतम ५० रुपैया भन्दामाथि सहयोग गर्न सकिने छ ।

साथै प्रेस युनियनका साधारण सदस्य तथा आस्थावान, सुभेच्छुक सवैलाई अभियानमा जोडिन प्रेस युनियले आग्रह गरेको छ ।

इच्छुक ब्यक्तीले कुमारी बैंक घोराही शाखामा रहेको
खाता न 1510090109300001 पैसा जम्मा गर्न सक्नेछन् ।

प्रकाशित मिति : २०८० मङ्सिर १० गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *