तुलसीपुर,मंसिर ९ । तुलसीपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मोटरसाइकल चालक कैलालीको लम्कीचुहा नगरपालिका–८ कुन्तिखेतका २४ वर्षीय विकास भण्डारी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी ठाकुर प्रसाद पोख्रेलले जानकारी दिए ।
दुर्घटनामा गम्भीर घाइते भण्डारीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको उनले बताए ।
उनका अनुसार तुलसीपुरको रानिजरूवाबाट दमारगाउँतर्फ जाँदै गरेको सु प प्र ०१–००९ प ६६५३ नम्बरको मोटरसाइकल गएराति तुलसीपुर– ७ गैरापातु नजिकै आफैँ अनियन्त्रित भएर दुर्घटना भएको हो ।
मृतकको शवको प्रादेशिक अस्पतालमा पोष्टमार्टमका लागि राखिएको छ । दुर्घटना बारेमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०८० मङ्सिर ९ गते शनिवार