२०८२ असार ७ गते आइतवार

हिंसा रहित समाज निर्माणका लागि एकबद्ध भएर लागौँ

तुलसीपुर,मंसिर ९ । लैंगिक हिंसा अन्त्यको सुनिश्चितता ः महिला र बालबालिकामा लगानीको एक्यवद्धता भन्ने मुल नाराका साथ शनिवार देखि ३२ औँ लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान दाङ लगाएत देशैभर सुरु भएको छ । यो दिवस नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विश्वभर मनाउने गरिन्छ ।

तुलसीपुरमा पनि शनिवार एक कार्यक्रमका बिच लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियानको सुभारम्भ गरिएको छ । तुलसीपुर उपमहानगरपालिका महिला बालबालिका तथा सामाजिक बिकास शाखाको आयोजना तथा तुलसीपुर क्षेत्रका सम्पूर्ण सरोकारवालाहरुको सहयोग र सहकार्यमा दिवसको सुभारम्भ गरिएको हो ।


त्यस अवसरमा बोल्ने बक्ताहरुले महिला माथि हुने विभिन्न खाले हिंसा र जघन्य अपराधलाई रोक्न सरोकारवाला एक भएर लाग्नुपर्नेमा जोड दिएका छन ।

वर्षेनी लैंगिक हिंसाका घटनाहरु बढ्दो क्रममा रहेको बताउँदैँ उनीहरुले यसप्रति राज्य पनि गम्भिर बन्नुपर्ने बताए ।


तुलसीपुर उपमहानगरपालिका सामाजिक बिकास समितीसदस्य बसन्ता केसीको अध्यक्षतामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै तुलसीपुर उपमहानगरपालिकाका कार्यबहाक नगरप्रमुख भिम बहादुर योगीले लैंगिक हिंसा अन्त्यका लागि सबै जिम्मेवार बन्नुपर्ने बताए ।

उनले घर भित्रबाटै हिंसाहरू रोक्न सकियो भने मात्र समाज हिंसा रहित हुने कुरामा जोड दिए ।

कार्यक्रममा अधिकारकर्मी सुस्मा गिरीले हिंसा रहित समाज निर्माण गर्नका लागि लैंगिक हिंसा विरुद्धको १६ दिबसिय अभियान अत्यन्तै महत्त्वपूर्ण रहेको बताइन ।

उनले वितेको एक वर्षमा नेपालमा विभिन्न खाले हिंसाहरु मध्ये घरेलु हिंसा र जबरजस्ती करणीका घटनाहरु बढ्दो क्रममा रहेको भन्दै यसलाई रोक्न सरोकारवाला सगंै तिनै तहका सरकारले विषेश अभियान थाल्नुपर्ने बताइन ।

‘लैंगिक हिंसा हुनु मानव अधिकार उल्लघंन हुनु हो,यो जघन्य अपराध हो,उनले भनिन्,‘यसलाई न्युनीकरण गर्नका लागि सबैजना एकबद्ध भएर लाग्न जरुरी छ ।’


कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका निमित्त प्रमुख प्रसासकिय अधिकृत बिष्णु आचार्य,कार्यपालिका सदस्य यमुना परियार,फेडो दाङका अध्यक्ष युवा कराराले घर भित्र हुने हिंसालाई रोक्न घरबाटै अभियान थाल्नुपर्ने बताइन ।

त्यस्तै बाल अधिकारकर्मी नबराज लामिछाने,गैरसरकारी सस्था महासघंका अध्यक्ष भागिराम चौधरीले एकताबद्ध तरिकाले हिंसाको अन्त्य गर्नुपर्ने बताए ।


कार्यक्रमको सहजीकरण तुलसीपुर उपमहानगरपालिका महिला बालबालिका तथा सामाजिक विकास शाखा प्रमुख माया श्रेष्ठले गरेकी थिइन ।


यसैबिच वितेको एक वर्षमा नेपालमा विभिन्न खाले हिंसाहरु मध्ये जबरजस्ती करणीका २३ सय ८७ घटनाहरु दर्ता भएको प्रहरीको तथ्याङ्कले देखाएको छ ।

यता दाङमा पनि एकवर्षमा जबरर्जस्ती करणीका ३ सय १२ वटा र घरेलु हिंसाका १ सय २५ वटा घटनाहरु दर्ता भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८० मङ्सिर ९ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *