२०८२ बैशाख ११ गते बुधवार

बसको ठक्करबाट एकको मृत्यु,दुई घाइते

रुकुम पश्चिम ,मंसिर ९ । रुकुम पश्चिमको आठबिसकोटमा रात्रि बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

आठबिसकोट नगरपालिका वडा नम्बर ११ को चिसापानीमा शुक्रवार बेलुका ना ३ ख ५२०७ नम्बरको रात्रि बसले ठक्कर दिँदा ३८ वर्षीय गणेश परियारको मृत्यु भएको हो ।

परियारको घटनास्थलमै मृत्यु भएको आठबिसकोट नगरपालिकाका मेयर रवि केसीले जानकारी दिए ।

घाइते हुनेहरुमा आठबिसकोट नगरपालिका–१४ ज्यामिरकोटका १९ वर्षीया भावना चन्द र २० वर्षीय राजेन्द्र पोखरेल रहेका छन ।

घाइते दुवै जनाको आठबिसकोट राडीमा रहेको नगर अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : २०८० मङ्सिर ९ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *