दाङ, मंसिर ९ । बर्दियामा आगलागीबाट तीन बालबालिकासहित चार जनाको मृत्यु भएको छ ।
जिल्लाको गुलरिया नगरपालिका – ४ तुलापुरमा रहेका दुई परिवारका चार जनाको निशास्एिर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
जिल्ला प्रहरी प्रमुख एसपी धीरजबहादुर शाहीका अनुसार भरत चन्दको घरमा आगो लाग्दा उनका २ बर्षका छोरा कार्तिक चन्द र ७ वर्षीय कृष चन्दको मृत्यु भएको छ ।
आगलागतीमा परि भरत चन्दकी बहिनी ३२ बर्षीया राधा बुढा र उनकी ११ बर्षीया छोरी मनिसा बुढाको पनि मृत्यु भएको छ । आगलागीबाट घाइते २८ वर्षीया करिष्मा चन्दको जिल्ला अस्सपतालमा उपचार भइ रहेको छ ।
करिष्मा चन्द भने अर्धचेत अवस्थामा दौडिएर बाहिर आउन सफल भएको हुँदा ज्यान जोगिएको एसपी शाहीले बताए । अहिले बिहान मृतक चार जनाको शब निकाल्ने तयारी भइ रहेको प्रहरीले जानकारी दिएको छ ।
जिल्ला प्रहरी प्रमुख एसपी शाहीका अनुसार भरत चन्द बाँकेको कोहलपुरमा रहेको समयमा घटना भएको हो । जाडो छल्नको लागि राति साढे १० बजेतिर उनीहरुले घर भित्र आगो बालेको हुन सक्ने र झ्याल ढोका सबै बन्द भएको हुँदा घर भित्र कार्वन मोनोअक्साइड उत्पन्न भएका कारण निशास्सिएर बालबालिकासहित चार जनाको मृत्यु भएको अनुमान भइ रहेको एसपी शाहीले जानकारी दिए ।
दुई घर नजिकै रहेका हुँदा नन्द भाउजु संगै बस्न भनेर राधापनि दाइको घरमा गएकी थिइन ।
आगलागी भएको चन्दको घर बाहिरबाट सिमेन्ट लगाएको एक तले र छानो सिमेन्टकै टायलले छाएको थियो ।