२०८१ बैशाख १० गते सोमवार

पत्रकार जेएन सागर पुरस्कृत हुने


घोराही, मंसिर ८ । नेपाल अपाङ्ग संघ खगेन्द्र नवजीवन केन्द्र स्वर्गद्वारी शाखाले अन्तर्राष्ट्रिय अपाङ्गता दिवसका अवसरमा पत्रकार जे एन सागरलाई पुरस्कृत गर्ने भएको छ ।

नेपाल अपाङ्ग संघले हरेक बर्ष अपाङ्गता दिवसका अवसरमा एकजना पत्रकारलाई पुरस्कृत गर्दै आइरहेको शाखाले यस बर्ष पत्रकार सागरलाई पुरस्कृत गर्ने भएको हो ।


नेपाल अपाङ्ग संग खगेन्द्र नवजीवन केन्द्र दाङ शाखाका अध्यक्ष रुपा वलीको अध्यक्षतामा बसेको बैठकले अन्तर्राष्ट्रिय अपाङ्गता दिवसका अवसरमा जिल्लामा कृयाशिल संघ संस्थाहरुसंग समन्वय गरेर कार्यक्रम मनाउने निर्णय गरेको हो ।

बैठकले विगतका बर्षहरुमा जस्तै यसबर्षपनि घोराही उपमहानगरपालिकालाई अपाङ्गता दिवस मनाउनका लागि सहयोग माग गर्ने निर्णय गरेको छ ।


बैठकले अपाङ्गता भएकाहरुको सहयोग र पुनःस्थापनाका लागि घोराही उपमहानगरपालिकाका विभिन्न वडा र अन्य पालिकाहरुसंग समन्वय गर्ने निर्णय गरेको छ ।

बैठकमा नेपाल अपाङ्ग संघका केन्द्रिय उपाध्यक्ष शरद अधिकारीले सुझाव दिए ।

प्रकाशित मिति : २०८० मङ्सिर ८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *