तुलसीपुर,मंसिर ८ । तुलसीपुर नगर जेसिजले नेपाल जेसिजका राष्ट्रिय अध्यक्ष जेसी बिकास मानन्धरलाई स्वागत तथा सम्मान गरेको छ ।
शाखा भ्रमण कार्यक्रम अन्तर्गत दाङ आएका अध्यक्ष मानन्धरलाई शुक्रवार एक कार्यक्रमका बिच तुलसीपुर नगर जेसिजले स्वागत गरेको हो ।
तुलसीपुर नगर जेसिज वर्ष २०२३ का अध्यक्ष जेसी शालिकराम वलीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै राष्ट्रिय अध्यक्ष मानन्धरले जेसिजका गतिविधिलाई अगाडी बढाउनका निम्ती केन्द्रिय समितिले एमआइ सिस्टमलाई निरन्तर अगाडी बढाएको बताए ।
उनले आफ्नो कार्यकालमा दीर्घकालीन कार्यक्रम गर्ने योजना रहेको सुनाए ।
त्यस्तै उनले जेसीजले समय अनुसार आफ्ना वार्षिक कार्यक्रमहरुलाई परिवर्तन गर्दै लैजानु पर्ने र समाजमा आबस्यकता पर्ने हरेक क्रियाकलापमा जेसिज अग्रसर भएर लाग्नुपर्नेमा जोड दिए ।
उनले वार्षिक कार्यक्रम अनुसार देशैभर जेसिज शाखाहरुमा विभिन्न तालिम तथा गोष्ठिहरु सञ्चालन गरिरहेको र आगामी दिनमा पनि त्यसलाई निरन्तरता दिने विस्वास समेत दिलाए ।
कार्यक्रममा तुलसीपुर नगर जेसिजका पुर्ब अध्यक्षहरु झरेन्द्र खरेल,दिपेश भण्डारी,बिमल पौडेलले कोरोना पछि जेसिजले थालेका अभियानहरु घट्दै गएको भन्दै चिन्ता व्यक्त गरे ।
उनीहरुले पछिल्लो समय धेरै युवाहरु बिदेश पलायन भैरहेको भन्दै उनीहरुलाई रोक्न तर्फ जेसिजले विषेश ध्यान दिनुपर्ने बताए ।
पुर्ब अध्यक्ष मेघराज घिमिरेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा अध्यक्ष सल्लाहकार पुर्ण बिक्रम डाँगीले जेसिज आस्था बाचन गरेका थिए भने सहजीकरण महासचिव सन्दीप भुसालले गरेका थिए ।