तुलसीपुर,मंसिर ८ । नेपाल रेडक्रस सोसाइटी तुलसीपुर उपशाखाले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । रक्तदान नै जिबनदान भन्ने नाराका साथ शुक्रबार राप्ती प्रादेशिक अस्पताल तुलसीपुर स्थित रक्तसञ्चार केन्दमा रक्तदान कार्यक्रम गरिएको हो ।
नेपाल रेडक्रस सोसाइटी तुलसीपुर उपशाखा सभापति देबकी नेपालीको अध्यक्षता तथा रेडक्रस सोसाइटी जिल्ला शाखा दाङका सदस्य मदन धितालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा तुलसीपुरका ३२ वर्षीय बिजय सुवेदीले २५ औँ पटक रक्तान गरेका थिए ।
त्यस्तै तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ का निवर्तमान वडाध्यक्ष टोपबहादुर केसी सहित १८ जनाले रक्तदान गरेका थिए । रक्तदान गर्नेहरुमा रेखराज भण्डारी,सर्मिला नेपाली,नबिन पराजुली,मधुसुधन केसी,भोला प्रसाद थापा,पुर्णबहादुर बुढामगर,सुदीप वलि,सुधिर गुरुङ्,शंकर खड्का,मिना घर्ति,मधुकर न्यौपाने,राम बहादुर जिसी रहेका छन ।
नेपाल रेडक्रस सोसाइटी तुलसीपुर उपशाखा उपभापति भुमा हमाल चन्दको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव बंशिकुमार शर्माले गरेका थिए ।