२०८२ असार ६ गते शनिवार

दोस्रो घोराही नगर प्याब्सन रनिङ सिल्ड हुँदै

दाङ, मंसिर ८ । घोराही नगर प्याब्सनको आयोजनामा दोस्रो घोराही नगर प्याब्सन रनिङ शिल्ड आगामी पुस ७, ८ र ९ गते हुने भएको छ ।

शुक्रबार बसेको घोराही नगर प्याब्सनको बैठकले दोस्रो घोराही नगर प्याब्सन रनिङ शिल्ड आगामी पुस ७, ८ र ९ गते हुने निर्णय गरेको हो ।

रनिङ शिल्डमा प्राथमिक तहदेखि कक्षा १० सम्मका विद्यार्थीहरूलाई सहभागी गराउने उद्देश्यका साथ खेलकुदका विधा समेटिएको अध्यक्ष बीरेन्द्र चन्दले जानकारी दिए ।

साथै आज बसेको बैठकले घोराही नगर प्याब्सनको कार्यसमितिमा रिक्त रहेको सदस्य पदमा रमना पाठशालाका प्रिन्सिपल विष्णु हमाललाई मनोनित गरेको छ ।

प्रकाशित मिति : २०८० मङ्सिर ८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *