२०८० फाल्गुन २० गते आइतवार

दाङका तिन उत्कृष्ट करदाता सम्मानित

तुलसीपुर,मंसिर ८ । १२ औं राष्ट्रिय कर दिवसको अवसरमा दाङका ३ उत्कृष्ट करदाता कम्पनी सम्मानित भएका छन ।

दिवसका अवसरमा बिहिवार तुलसीपुरमा आयोजित कार्यक्रममा आन्तरिक राजश्व कार्यालय तुलसीपुर दाङले जिल्लाका ३ कम्पनीलाई उत्कृष्ट करदाताको रुपमा सम्मान गरेको हो ।


कार्यालयले आर्थिक वर्ष २०७८÷०७९ कार्यालयको कार्यसेवा अन्तर्गत उद्योग क्षेत्रबाट सबैभन्दा बढी कर तिर्ने लमही–३ का वलि एग्रो इण्डष्ट्रिजलाई सम्मान गरेको छ ।

त्यस्तै वित्तिय क्षेत्रबाट आत्मनिभर््र लघुवित्त वित्तीय संस्था लिमिटेड घोराही–१५ र व्यवसाय क्षेत्रबाट युनाइटेड साइन्टिफिक एण्ड सर्जिकल हाउस प्रा.लि घोराही १५ लाई उत्कृष्ट करदाताको रुपमा सम्मान गरिएको आन्तरिक राजश्व कार्यालय तुलसीपुरका कर अधिकृत प्रेम बहादुर सुनारले जानकारी दिए ।

उनीहरुलाई प्रमाणपत्र र दोसल्लाले सम्मान गरिएको हो ।

प्रकाशित मिति : २०८० मङ्सिर ८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *