दाङ, मंसिर ७ । डाँका चोरी मुद्दाका फरार अभियुक्त २९ बर्ष पछि पक्राउ परेका छन् ।
जिल्लाको साबिक फत्तेपुर गाउँ बिकास समिति – ३ का ६० बर्षीय सुखलाल बढईलाल बिहीबार पक्राउ परेका हुन ।
डाँका चोरी मुद्दामा जिल्ला अदालत बाँकेले उनलाई झन्डै ६ बर्ष कैद तोकिएको थियो ।
जिल्ला अदालत बाँकेले २०५१ साल चैत ८ गते बढईलाललाई डाँका चोरी मुद्दामा पाँच बर्ष ११ महिना ४ दिन कैद र पाँच हजार दुई सय ८३ जरिवाना तोकेको थियो ।
त्यसयता फरार रहँदै आएका उनीहरुलाई बिहीबार पक्राउ गरिएको जिल्ला प्रहरी प्रबक्ता डिएसपी नारायण डाँगीले जानकारी दिए ।
प्रकाशित मिति : २०८० मङ्सिर ७ गते बिहिवार