२०८३ भाद्र ११ गते बिहिवार

नागरिकबाट सूचना र गुनासो लिन बाँके प्रहरीद्वारा पहिलोपटक क्युआर कोडको प्रयोग

बाँके,मंसिर ७ । बाँके प्रहरीले सेवा प्रवाह र सूचना सङ्कलनका लागि पहिलोपटक क्युआर कोड प्रयोगमा ल्याएको छ । नागरिकसँग सहजरुपमा जोडिन प्रविधिको प्रयोग थालेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

फेसबुक पेजमार्फत क्युआर कोड सार्वजनिक गरिएको छ । सहज रुपमा आम नागरिकसँग जोडिन पहिलोपटक क्युआर कोड प्रयोगमा ल्याइएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुवासचन्द्र बोहराले बताए ।

नागरिकले प्रहरीले दिइरहेको सेवासम्बन्धी गुनासो तथा सुझावहरू भए क्युआर कोड मोबाइलमा स्क्यान गरेर दिन सक्ने बोहराको भनाई छ ।

नागरिकले आफूसँग भएको सूचना तथा घटनाबारे पनि प्रहरीलाई यही क्युआर कोडमार्फत जानकारी दिन सक्ने प्रहरीले जनाएको छ । प्रविधिले प्रयोगले घटनाको अध्ययन अनुसन्धान छिटोछरितो बनाउने उद्देश्य बाँके प्रहरीको छ ।

क्युआरको प्रयोगले फास्टट्रयाकबाट सूचना प्राप्त हुने प्रहरी प्रमुख बोहराको विश्वास छ । क्युआर कोडबाट सूचना दिने व्यक्तिको परिचय गोप्य राखिनेछ ।

प्रकाशित मिति : २०८० मङ्सिर ७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *