२०८१ बैशाख ११ गते मङ्गलवार

एमाले नेता लिला गिरीलाई मातृशोक

दाङ,मंसिर ६ । नेकपा एमालेका पोलिटब्यूरो सदस्य तथा लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री लिला गिरीलाई मातृशोक परेको छ ।

गिरीकी आमा केशवकुमारी गिरीको उपचारका क्रममा ९२ वर्षको उमेरमा मंगलबार निधन भएको हो ।

केशवकुमारीको पार्थिव शरीरको बुधबार तिलोत्तमा १ निवासदेखि शवयात्रासहित तिलोत्तमा घाटमा अन्त्येष्टि गरिएको एमाले रुपन्देहीले जनाएको छ ।

केशवकुमारीका लिला गिरीसहित शालिकराम, टेकन गरी तीन छोरा तथा दुई छोरी भगवती र सीता रहेका छन् ।

अर्घाखाँचीमा जन्मे हुर्केर, गुल्मी र रुपन्देहीमा बसोबास गर्दै आएकी केशवकुमारीलाई सचेत र अगुवा महिलाका रूपमा लिइन्थ्यो ।

उनी कम्युनिस्ट नेता तथा कार्यकर्ताका सेल्टरदाताका रूपमा रहेको एमाले नेताहरुले जनाएका छन् ।

प्रकाशित मिति : २०८० मङ्सिर ६ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *