२०८१ असोज २५ गते शुक्रवार

गाइडरमा मृत फेला परेका दाजु भाइको शब आफन्तले बुझे

तुलसीपुर, मंसिर ५ । तुलसीपुरको गाइडहरस्थित एक घर भित्र मृत फेला परेका दाजु भाइको शब पोष्ट मार्टम पछि मंगलबार आफन्तले बुझेका छन् ।


राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा पोष्टमार्टम पछि आफन्तलाई बोलाएर शब जिम्मा लगाइएको इलाका प्रहरी कार्याल य तुलसीपुरका प्रबक्ता प्रहरी निरीक्षक नबचन्द्र मल्लले जानकारी दिए ।

मंगलबार बिहान दुइ दाजु भाइको शब निकालेर पोष्ट मार्टमका लागि तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा लगिएको थियो ।

तुलसीपुर उपमहानगरपालिका वडा नं. १६ डोक्रेनाका ३४ बर्षीय पूर्णबहादुर बस्नेत र उनका सहोदर भाइ ३० बर्षीय टेकबहादुर बस्नेत सोमबार बेलुकी भाडामा बस्दै आएको घर भित्र मृत अवस्थामा फेला परेका थिए ।


टेकबहादुरकी श्रीमति तिहार मान्न भनेर रोल्पास्थित माइतीमा गएकी थिइन । आँफु नआउँदासम्म ढोका नखोल्नु र शब नउठाउन गरेको आग्रह बमोजिक प्रहरीले मंगलबार बिहान ढोका खोली दुई दाजु भाइका शब निकालेर अस्पताल लगेको थियो ।

उनीहरु मृत अवस्थामा फेला परेको कोठा पूर्णबहादुरका कान्छा भाइ टेकबहादुरको थियो । कान्छा टेकबहादुरपनि भदौमा मात्रै बिदेश बाट घर फर्किएका थिए भने उनका दाजु साँईला पूर्णबहादुर दशैं मलाउन भारतबाट आएका थिए ।

टेकबहादुरको परिवार र छोरा तुलसीपुरको गाइडहरमा बिगत एक बर्षदेखि कोठा भाडामा बस्दै आएका थिए ।

कोठामा किटनाशक बिषादीको खोल फेला परेको प्रहरीले जानकारी दिएको छ । यद्यपी पोष्ट मार्टमको रिपोट आएपछि मात्रै उनीहरुको मृत्युको कारण भन्न सजिलो हुने प्रहरीले बताएको छ ।
झ्याल, ढोका लगाएको भर भित्र उनीहरु मृत अवस्थामा फेला परेका थिए ।

प्रकाशित मिति : २०८० मङ्सिर ५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *