२०८१ फाल्गुन ७ गते बुधवार

आजदेखी नक्कली शरणार्थी मुद्दामा निरन्तर सुनुवाइ हुने


काठमाडौँ ,मंसिर ५ । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाउँदै अमेरिका पठाइदिने भन्दै गिरोह सञ्चालन गरेको आरोपविरुद्ध तत्कालीन गृहमन्त्री, गृह सचिव, उपप्रधानमन्त्री, सुरक्षा सल्लाहकारसहितको मुद्दामा मंगलबारबाट पाटन उच्च अदालतमा निरन्तर सुनुवाइ हुने भएको छ ।

कानुनी निरूपण क्रममा अहिलेसम्मकै गम्भीर र राज्य तहका वरिष्ठ पदाधिकारी संलग्न यो मुद्दामा बहस गर्नका लागि प्रतिवादीहरूका तर्फबाट ६० भन्दा बढी कानुन व्यवसायी रहेका कारण मंगलबारबाट निरन्तर सुनुवाइको तालिका तय भएको हो  ।

‘यो मुद्दाको न्यायिक निरूपणका निम्ति उच्च प्राथमिकता र तदारुकतामा निरन्तर सुनुवाइको व्यवस्था हुन लागेको हो,’ अदालतका प्रवक्ता तीर्थराज भट्टराईले भने ।

यो गिरोहबारेको प्रहरी अनुसन्धानसँगै कान्तिपुर खुलासापछि झन्डै ६ महिनायता सुन्धारा तथा नख्खुस्थित कारागारमा पुर्पक्ष थुनामा रहेका १६ प्रतिवादीमाथि ठगी, लिखत किर्ते, राज्यविरुद्ध र संगठित अपराधसम्बन्धी अभियोग छ ।

उक्त मुद्दाको सुनुवाइपछि काठमाडौं जिल्ला अदालतले गत असार १ मा पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।

प्रकाशित मिति : २०८० मङ्सिर ५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *