२०८१ माघ ३ गते बिहिवार

समाज सुधार युवा क्लबले भैलोबाट सङ्कलित रकम सामाजिक कार्यमा लगायो


तुलसीपुर,मंसिर ४ । तुलसीपुर उपमहानगरपालिका वडा न ८ कट्कुईयाँमा रहेको समाज सुधार युवा क्लबले देउसी भैलोबाट उठेको रकम सामाजिक कार्यमा लगाएको छ ।

२०६८ सालमा स्थापना भएको यस क्लबले भैलो बाट उठेको रकमबाट ७ हजार बराबर रकमको कट्कुईयाँको मिलनचोकमा लोकेशन बोर्ड निर्माण गरेको हो ।

कट्कुईयाँ चोकबाट पुर्बमा नयाँबस्ती – तुलसीपुर बजार, पश्चिममा भट्टे÷कालामारे, उत्तरमा शिबपुर÷गहते पर्ने गर्छ भने दक्षिण तर्फ भने हरिनगर÷अश्वारा पर्ने गर्दछ ।

कट्कुईयाँ चोकमा पुगेपछि धेरै मानिस अल्मलिने समस्या देखापरेको गुनासो आएपछि लोकेशन बोर्ड राखिएको क्लबका सचिव राजेश वली रुद्रले जानकारी दिए ।

यस्तै क्लबले तुलसीपुर ८ कट्कुईयाँमा रहेको शिब मन्दिरलाई २० हजार रकम बराबरको साउड सिस्टम, मादल, खैजडी मन्दिरका पुजारी प्रेमबहादुर डाँगी लगाएत कार्यसमितीलाई एक कार्यक्रमका बिच हस्तान्तरण गरेको छ ।

दशक अघि स्थापना भएको मन्दिरमा साउन्ड सिस्टम नहुँदा बिहान बेलुका मन्दिर शुन्य हुने गरेको भन्दै पजारी डाँगीले यो पुन्य कार्य गरेकोमा क्लब परिवारलाई धन्यबाद व्यक्त गरे ।

भैलो खलेर पिकनिक र रमाईलोमा पैसा खर्च गर्नुपर्छ भन्ने मान्यतालाई चिर्दै सामाजिक कार्यमा समर्पित हुन पाउनु आफैमा खुसीको कुरा भएको भन्दै क्लबका अध्यक्ष दुर्गा प्रसाद डाँगीले क्लबका सम्पुर्ण सदस्यलाई धन्यबाद दिए ।

क्लबले गरेको यस कार्यको समावसेबी कान्तप्रसाद खरेलले सामाजिक संजाल फेसबुक स्टाटस मार्फत यस कार्यको मुक्तकण्ठले प्रशंसा गरेका छन् ।

बिगतमा यस क्लबले गाँउ उज्यालो अभियान अगाडी सरेर गाउँनै उज्यालो पार्न सफल भएको थियो ।

यसका साथै खेलकुदका लागि खेल मैदानको अभाब देखिएकाले अबको क्लबको मिशन खेल मैदानका लागि केन्द्रित हुने अध्यक्ष डाँगीले बताए ।

प्रकाशित मिति : २०८० मङ्सिर ४ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *