२०८१ चैत्र ९ गते शनिवार

अस्पतालमा लगाएको तारजाली चोरी भएपछि …


तुलसीपुर,मंसिर ४ । शान्तिनगर गाउँपालिका वडा न. २ सिमसुन्दरपुरमा बन्दै गरेको अस्पताल बाहिर लगाएको तारजाली चोरी भएको छ ।

केही दिन अगाडि अस्पताल बाहिर तारबार गरिएको तारजाली हराएको वडाध्यक्ष सुनिल वलीले जानकारी दिए ।

उनका अनुसार २ र ३ अगाडि अस्पतालमा गरिएको तारबार हराएको हो ।

“शुरुमा यहाँ खेलकुद मैदान हुँदा पनि लगाएको तारजाली हराएको थियो । अहिले अस्पताल बन्दै छ । यसको वरपर लगाएको तारजाली फेरि हराएको छ । पहिला करिब २ मिटर हराएको थियो । अहिले फेरि करिब ८० मिटर हराएको छ । वडाध्यक्ष वलीले भने ।”

उनले सरकारी संरचना भएको भन्दैमा कसैले पनि हेला गर्न नपाउने र तारजाली चोरी गर्नेलाई पत्ता लगाएर कानुनी कारबाही गर्ने समेत बताए ।

अहिलेसम्म करिब दुइ र अढाइ लाख बराबरको तारजाली हराएको समेत उनले बताए ।

अझै पनि हराउन सक्ने भन्दै यसको चोरी भएको खोजी कार्य गर्नको लागि प्रहरीलाई जानकारी दिएको बताउदै उनले आफ्नै गाउँ ठाउँमा भएका संरचनाहरू चोरी गर्ने कार्य अमानवीय भएको समेत बताए ।

उनका अनुसार १५ सैयाको निर्माण हुन लागेको अस्पतालको संरचना निर्माण कार्य अहिले पनि जारी रहेको छ । यस संरचनाको संरक्षण गर्ने दायित्व सबैको भएको भन्दै उनले सबै स्थानीयले यश प्रति ध्यान दिनु पर्ने बताए ।

प्रकाशित मिति : २०८० मङ्सिर ४ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *