२०८१ असोज २५ गते शुक्रवार

गाइडहरको एक घर भित्र सहोदर दाजु भाइ मृत फेला

तुलसीपुर, मंसिर ४ । तुलसीपुरको गाइडहरमा सहोदर दाजु भाइ मृत अवस्थामा फेला परेका छन् ।


तुलसीपुर उपमहानगरपालिका वडा नं. १६ डोक्रेना घर भइ तुलसीपुर – ६ गाइडहरमा कोठा भाडामा बस्दै आएका ३४ बर्षीय पूर्णबहादुर बस्नेत र उनका सहोदर भाइ ३० बर्षीय टेकबहादुर बस्नेत सोमबार बेलुकी घर भित्र मृत अवस्थामा फेला परेका हुन । पूर्ण परिवारका साँइला र टेकबहादुर कान्छा सञ्तान हुन ।


इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी ठाकुरप्रशाद पोखरेलका अनुसार उनीहरु बस्ने घरमा घरबेटी बस्दैन थिए ।


मृतक मध्य कान्छा टेकबहादुरकी श्रीमतिले आँफु रुकुम पश्चिमस्थित माइती गएको हुँदा त्यहाँबाट नफर्किदासम्म ढोका नखोल्न आग्रह गरेको हुँदा प्रहरीले बाहिरबाटै सुरक्षा दिएपनि मंगलबार मात्रै ढोका खोलिने प्रहरीले जानकारी दिएको छ ।

प्रारम्भीक अनुसन्धानबाट दाजु भाइले बिषसादी सेवन गरि आत्महत्या गरेको आशंका भइ रहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०८० मङ्सिर ४ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *