तुलसीपुर,मंसिर ४ । सामाजिक अभियान्ता एब पत्रकार देबिराम कुसारी रिजालले आफ्नो जन्मदिनको अबसरमा क्यासर पिडित स्वास्थ्य उपचारदेखि अपाङ्गता भएकाे व्यक्तिहरूसम्मलाई सहयाेग गरेका छन ।
२०३७ मंसिर ४ गते रूकुम पश्चिमकाे सानाेभेरी गाउँपालिका ६ काेटमा जन्मिएका कुसारी दाङमा २०५४ सालदेखि पत्रकारितामा क्रियाशिल रहदै आइरहेका छन ।
उनले आफ्नाे ४३ औं जन्माेत्सवकाे अवसरमा सोमबार तुलसीपुर उपमहानगरपालिका वडा नं.१८ धरमपुर अक्कासी निवासी क्यान्सर पिडित लक्ष्मी विककाे स्वास्थ्य उपचारका लागि दुई हजार नगद सहयोग गरेका छ्न ।
त्यस्तै उनले अपाङ समाज केन्द्र दाङलाई एक थान फर्निचर र बबई गाउँपालिका वडा नं. १ भाङावारीकी छात्र खगी बाेहरालाई शैक्षिक समाग्री समेत सहयाेग गरेका छन् ।
जन्मदिनको अवसरमा पार्टी गरेर पैसा खर्च गर्नु भन्दा केहि सामाजिक कार्य गर्ने मनसायले बिगत देखि नै विभिन्न सघ सस्था र असहायहरुलाई सहयोग गर्दै आएको कुसारीले बताए ।