२०८१ फाल्गुन ६ गते मङ्गलवार

जिप दुर्घटनाका घाइते एक जनाको मृत्यु


दाङ, मंसिर ४ । रुकुम पश्चिममा सोमबार बिहान भएको जिप दुर्घटनाका घाइते मध्य एक जनाको मृत्यु भएको छ । थप दुई बालकको अवस्था गम्भीर रहेको छ ।

जिल्लाको चौरजहारी नगरपालिका –१३ का ४५ बर्षीय मस्तबहादुर वलीको मिसन अस्पताल चौरजहारीमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी प्रबक्ता प्रहरी निरीक्षक बिष्णुप्रशाद श्रेष्ठले बताए ।

त्यस्तै सानीभेरी गाउँपालिका – २ की सपना बुढाका १७ महिने छोरा प्रतिक बुढा र चौरजहारी नगरपालिका – १३ की ४ बर्षीया डिला बिष्टको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ । उनीहरु दुबै जनालाई बाँके जिल्लाको नेपालगंजका लागि रिफर गरिएको प्रहरीले जानकारी दिएको छ ।
जिप दुर्घटनामा परि २१ जना घाइते भएका थिए । जसमा तीन जनाको अवस्था गम्भीर रहेको भनिएको थियो भने आठ जनाको अवस्था मध्यम र थप दश जनाको अवस्था सामान्ने रहेको प्रहरीले बताएको थियो ।

प्रकाशित मिति : २०८० मङ्सिर ४ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *