हिमाल महरा,घोराही,मंसिर ४। दाङ जिल्ला उद्योग वाणिज्य संघले भुकम्प पीडितका लागि करिव ४ लाख वरावरको राहत सामाग्री पठाएको छ ।
संघले ४२ बोरा चामल, ११५ थान सिरक, ११५ स्थान डसना,४२ पिस ठुलो ब्ल्याङकेट, १५ पिस सानो ब्ल्याङकेट, १ बोरा फुरनदाना, ४ पेटी चाउचाउ, २ पेटी विस्कुट, १४ जोडा बच्चको कपडा, २३ पिस लेडिज ज्याकेट र पिफ रोल लगायत सामाग्री पठाएको संघका महासचिव महेन्द्र बुढाथोकीले जानकारी दिए।
संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत संघले मुलुक बिपदमा परेका बेला सधैँ अग्रभागमा रहेको भन्दै संघले सञ्चालन गरेको भुकम्प पिडितका लागि राहत संकलनबाट संकलन राहत सामाग्री जिल्ला प्रशासन कार्यालय दाङ मार्फत भुकम्प प्रभावित क्षेत्रमा पठाएको संघका अध्यक्ष वसन्त जाशीले वताए ।
प्रकाशित मिति : २०८० मङ्सिर ४ गते सोमवार