दाङ, मंसिर ४ । रुकुम पश्चिममा जीप दुर्घटनामा परि २१ जना घाइते भएका छन् । घाइते मध्य तीन जनाको अवस्था गम्भीर रहेको छ ।
जिल्ला प्रहरी प्रंबक्ता प्रहरी निरीक्षक बिष्णुप्रशाद श्रेष्ठले २१ घाइते मध्य तीन जना गम्भीर , आठ जना मध्यम र थप १० जनाको अवस्था सामान्ने रहेको जानकारी दिए ।
मध्यपहाडी लोकमार्गअन्तर्गत बिहान साढे ८ बजेतिर चौरजहारी नगरपालिकाको खोलागाउँबाट जिल्ला सदरमुकाम खलंगातर्फ जाँदै गरेको लु १ ज २२९७ नम्बरको जीप चौरजहारी –८ नजिकै दुर्घटनामा परेको प्रहरी प्रबक्ता श्रेष्ठले बताए ।
जीप झन्डै तीन सय मिटर तल भेरी नदी भन्दा केही माथि अड्किएको अवस्थामा रहेको पनि उनले जानकारी दिए ।
घाइते सबैको उद्धार भइ सकेको र चौरजहारी अस्पतालमा उपचार जारी रहेको छ ।
घाइते कसैको पनि यो खबर तयार पार्दासम्म नाम र ठेगाना खुलि नसकेको छैन । जीपका साहुले नै जीप चलाएको भन्ने कुरा प्रारम्भीक अनुसन्धानबाट खुलेको प्रहरीले जानकारी दिएको छ ।