२०८१ चैत्र ९ गते शनिवार

बिजौरीमा दुई मोटरसाइकल दुर्घटना ः दाङका एक जनाको मृत्यु ,सल्यानका दुई जना घाइते

तुलसीपुर, मंसिर ३ । दाङको तुलसीपुरस्थित बिजौरीमा आइतबार बेलुकी दुई मोटरसाइकल एक आसपमा ठोक्किदा दाङका एक जनाको मृत्यु छ । सोही दुर्घटनामा परि सल्यान जिल्लाका दुई जना घाइते भएका छन् ।

दाङको शान्तिनगर गाउँपालिका – ५ का २८ बर्षीय अमृत केसीको उपचारका क्रममा राति ९ बजेतिर तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

बेलुकी सवा ६ बजेतिर तुलसीपुरबाट घोराही तर्फ जान्दै गरेको रा ७ प ६५५४ नम्बरको केसी सवार मोटरसाइकल र घोराहीबाट तुलसीपुर तर्फ आउँदै गरेको रा ४ प ८४६४ नम्बरको मोटरसाइकल तुलसीपुर उपमहानगरपालिका – १८ बिजौरीमा एक आपसमा ठोक्किएका थिए ।


इप्रका प्रमुख डिएसपी ठाकुरप्रशाद पोखरेलका अनुसार टाउको लगायत शरिरका बिभिन्न भागमा गभ्भीर चोट पटक लागेका केसीको उपचारका क्रममा राति नौं बजेतिर मृत्यु भएको हो ।

सोही दुर्घटनामा परि रा ४ प ८४६४ नम्बरको मोटरसाइकल सवार सल्यानका दुई जना घाइते भएका छन् । सल्यान जिल्लको सारदा नगरपािलका – १ श्रीनगरका २४ बर्षीय चाकल दिनेश बुढाथोकीको अनुहार , बायँ हात लगाएतमा चोट लागेको छ । उनको अवस्था मध्यम रहेको डिएपसी पोखरेलले जानकारी दिएका छन् ।

उनको पछाडि सवार शारदा – ६ का २४ बर्षीय कमल केसीपनि घाइते छन् । उनको बायाँ हातमा चोट लागेको भएपनि अवस्था सामान्ने रहेको प्रहरीले जानकारी दिएको छ । घाइते दुबैको तुलसीपुरमै उपचार भइ रहेको छ ।


चालक बुढाथोकीले मापसे गरेको स्वास्थ्य परिक्षण बाट पुष्टि भएको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०८० मङ्सिर ३ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *