२०८० मङ्सिर १७ गते आइतवार

बंगलाचुलीमा अत्याधुनिक प्रविधियुक्त एफटीटीएच सेवा विस्तार


बंगलाचुली,मंसिर ३। दाङको विकट गाउँपालिका भनेर चिनिएको बंगलाचुली गाउँपालिकामा नेपाल टेलिकमको अत्याधुनिक प्रविधियुक्त फाइबर टु द होम (एफटीटीएच) सेवा विस्तार गरिएको छ ।

बंगलाचुलीमा अब अत्याधुनिक प्रविधिको एनटी फाइबरमार्फत एउटै तारबाट एचडी गुणस्तरको आवाजसहितको ल्याण्डलाईन टेलिफोन, तीव्र गतिको इन्टरनेट र टेलिभिजन सेवा प्रयोग गर्न सकिने छ ।

टेलिकमले आज बंगलाचुली गाउँपालिका चार कमिरेचौरमा ५ सय १२ लाइन क्षमताका फाइबर डिस्ट्रिव्युसन क्याविनेट (एफडिसी) जडान,नेटवर्क विस्तार जस्ता काम सम्पन्न गरेको छ ।

नेपाल टेलिकम वायरलेस सेवा निर्देशनालय काठमाडौँका ईन्जिनियर सुरेश भण्डारीका अनुसार पहिलो चरणमा बंगलाचुली गाउँपालिकाको कार्यालय ,कमिरेचौर बजार र श्रीवारीका गाउँहरुमा यो सेवा उपलब्ध गराईने छ ।

साथै क्रंशस् बंगलाचुलीका मुख्य स्थानहरुमा यो सेवा विस्तार गरिने ईन्जिनियर सुरेश भण्डारीले जानकारी दिए । उनका अनुसार कम्पनीका सेवाग्राहीहरुले कम्पनीद्वारा तोकिएको गति अनुसारकै गुणस्तरीय सुविधा उपभोग गर्न पाईने छ।

बंगलाचुलीमा यसको सेवा लिनेहरुलाई एक सय मिटर तार र राउटर टेलिकमले सित्तैमा दिने समेत उनले जानकारी दिए । यो सेवा लिनका लागि सेवाग्राहीको नागरिकताको फोटोकपी,एक प्रति फोटो र रितपूर्वक भरेको फारम चाहिने समेत उनले जानकारी दिए ।

बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सीराम पुनमगर र उपाध्यक्ष भक्त बहादुर जिसीको ताकेता एवं संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माको पहलमा बंगलाचुलीमा टेलिकमको एफटिटिएच सेवा विस्तार भएको हो ।

बंगलाचुली गाउँपालिकामा हाल सम्म पनि गुणस्तरिय संचार सेवा नभएको अवस्थामा संचार मन्त्री शर्माको जोडबलमा नेपाल टेलिकमको अत्याधुनिक प्रविधिको फाइबर टु द होम (एफटीटीएच) सेवा विस्तार हुँदा आफुहरुलाई खुसी महसुस भएको बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सीराम पुनमगरले बताए ।

अध्यक्ष पुनले आफ्नो निर्वाचन क्षेत्रका जनतालाई गुणस्तरिय संचार सेवा दिनका लागि संचार मन्त्रीले गरेको काम सह्रानिय भएको बताए।

प्रकाशित मिति : २०८० मङ्सिर ३ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *