२०८० मङ्सिर १७ गते आइतवार

बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु


दाङ, मंसिर ३ । बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ ।


जिल्लाको राजापुर नगरपालिका – १० की २५ बर्षीया ममता सुनारको बाघको आक्रमणबाट मृत्यु भएको हो ।

घर नजिकैको जंगलमा दिउँसो साढे १२ बजे तिर सुकुम्बासी बस्ति नजिकैको जंगलमा घाँस दाउरा लिन गएकी सुनारलाई बाघले आक्रमण गरेको थियो ।

बाघले आक्रमण गरेको सूचना लगतै उनको खोजीमा गएको प्रहरी टोलीले गम्भीर अवस्थाकी सुनारलाई उद्धार गरि जिल्ला अस्पताल पु¥याउँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी प्रबक्ता डिएसपी तुलसीराम अर्यालले जानकारी दिए ।

संगै घाँस दाउरा गएका मध्य स्थानीय २० बर्षीया कालिका बिक र ३६ बर्षीया निमा बिक बाघले आक्रमण गर्दैै गर्दा देखेर बेहोस भएको भएपनि जिल्ला अस्पतालको उपचार पछि घर फर्कि सकेको डिएसपी अर्यालले जानकारी दिए ।


नेपाल– भारत सीमाना नजिक वनमा बाघले सुनार माथि आक्रमण गरेको थियो ।

प्रकाशित मिति : २०८० मङ्सिर ३ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *