२०८१ माघ ९ गते बुधवार

मानव सेवा नै सर्वोच्च सेवा: मन्त्री शर्मा


दाङ,मङ्सिर १ । सन्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले मानव सेवा नै सर्वोच्च सेवा भएको बताएकि छिन ।

मानव कल्याण समाज (सेवा घर) दाङ शाखा नारायणपुरको निरीक्षणपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले कुनै पनि क्षेत्रबाट गरिने मानव सेवा सर्वोच्च सेवा हुने धारणा राखिन ।

कसैले राजनीतिको माध्यमबाट र कसैले अन्यअन्य माध्यमबाट मानव सेवा गरिरहेको भए पनि सडकमा अलपत्र नागरिकलाई उद्वार गरेर स्याहार र उपचार गर्नु मानव सभ्यताका हिसाबले पनि सर्वोत्तम सेवा भएको मन्त्री शर्माले बताइन ।

कुनै पनि नागरिक सडकमा अलपत्र नहोस भनेर सरकार लागिरहेको उल्लेख गर्दै उनले जनस्तरबाट संचालित सस्थाहरुबाट मानवीय सेवा कार्यक्रम सन्चालन गर्दा राज्यलाई फाइदा पुगेको बताइन।

मानव सेवाको पक्षमा सन्चालित अभियानहरुमा सरकारसहित सबैले सहयोग गर्नुपर्नेमा पनि मन्त्री शर्माले जोड दिइन ।

पछिल्लो समय जन्मदिन, विवाह, बुवाआमाको सम्झना आदिमा दान सहयोग गर्ने प्रचलन बढ्नु राम्रो भएको उल्लेख गर्दै उनले पुग्नेबाट लिएर अभावमा रहेकालाई सहयोग गर्नु सामाजिक न्यायका दृष्टिले पनि उपयुक्त हुने बताइन ।

मानिस गरिबीका कारणले भन्दा पनि बढी पारिवारिक हिंसाका कारणले घर छाडेर सडकमा निस्कने गरेको उल्लेख गर्दै उनले हरेक घर परिवारलाई हिंसारहित बनाउन जोड दिनुपर्ने र पीडितलाई मनोसामाजिक परामर्श पनि दिनुपर्ने बताइन ।

घोराही उपमहानगरपालिका वडा नम्बर १० का अध्यक्ष दीपक पाण्डेको अध्यक्षतामा कार्यक्रम भएको थियो । सेवाघरको सेवाको बारेमा समाजका केन्द्रीय सचिव विजयकुमार पोख्रेलले जानकारी गराएका थिए

हुनेबाट सहयोग, नहुनेलाई उपयोग भन्ने नाराका साथ संचालित सेवा घरमा हाल ४२ जना असहाय र बेसहारा नागरिक राखिएको छ ।

सडकपेटी तथा अन्य स्थानमा बेसहारा जीवन विताइरहेका नागरिकको उद्वार गरी सेवाघरमा स्याहार र उपचार गर्ने गरिएको छ । समाजले देशभर सात वटा शाखामार्फत चार सय पचास जना बेसहारा नागरिकलाई सहारा दिइरहेको छ ।

यसैबिच मन्त्री रेखा शर्माले सामुदायिक विकासमा टोल विकास सस्थाहरुको भूमिका महत्वपूर्ण रहने बताइन ।

घोराही उपमहानगरपालिका- १५ स्थित कस्तुरीनगर टोलबासीसँग शुक्रबार बिहान छलफल गर्दै उहाँले हरेक योजना निर्माणदेखि कार्यान्वयन र मूल्यांकन सम्ममा टोल विकास समितिहरु लाग्नुपर्ने कुरामा जोड दिइन ।

स्थानीयस्तरको विकास निर्माणका लागि सबै मिलेर लाग्नुपर्नेमा जोड दिदै मन्त्री शर्माले टोलमा भएका समस्या समाधानका लागि पनि आफुले पहल गर्दै आएको बताइन ।

जुन सुकै विकास निमाणर्का लागि सबैको साथ सहयोग आबस्यक रहने भन्दै टोलबासीहरु पनि जागरुक हुनु पर्ने धारणा राखिन ।

विशेषगरि स्थानीयस्तरको विकासको नेतृत्व स्थानीय तहले गर्नुपर्ने बताउँदै उनले त्यसका लागि सङ्घ र प्रदेश सरकारको समन्वय आवश्यक रहेको बताइन ।

निर्वाचनका क्रममा जनतासँग गरेको प्रतिवद्धता अनुसार विकास निर्माणका कामहरु गरिरहेको बताउँदैै आगामी दिनमा थप काम हुने बताइन ।

प्रकाशित मिति : २०८० मङ्सिर १ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *