२०८० मङ्सिर १७ गते आइतवार

खुकुरी हानेर भागेका एक युवकलाई बाँकेमा प्रहरीले गोली हानेर पक्राउ गर्‍यो

बाँके,मंसिर १ । बाँकेमा प्रहरीले खुकुरी हान्ने एक युवकलाई गोली हानेर पकाउ गरेको छ ।

कोहलपुरमा बुधबार मिनबहादुर विकलाई खुकुरी प्रहार गरेका आकाशजंग रानालाई प्रहरीले गोली हानेर पक्राउ गरिएको जनाएको छ ।

प्रहरीलाई देखेपछि भागेका रानालाई तिघ्रामा गोली हानेर पक्राउ गरिएको बाँके प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक नारायण डाँगीले बताए ।

प्रहरीले तीन गोली हानेकोमा रानालाई एक गोली लागेको थियो । प्रहरीले उनलाई खजुराबाट पकाउ गरेको हो । तिहारको टीकाको दिन कोहलपुरमा विकलाई खुकरी प्रहार गरी गम्भीर घाइते बनाएर भागेका उनलाई प्रहरीले खोजिरहेको थियो ।

सोही क्रममा जानकी गाउँपालिकामा लुकेर बसेको सूचना पाएपछि प्रहरी उनलाई नियन्त्रणमा लिन पुगेको थियो । उनी भागेपछि प्रहरीले गोली चलाएको हो ।

खुकुरी प्रहारबाट घाइते विकको लखनउमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : २०८० मङ्सिर १ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *