२०८१ माघ ३० गते बुधवार

काठमाडौंबाट दाङ आउँदै गरेको बस रुपन्देहीमा दुर्घटना हुँदा २० जना घाइते

दाङ,मङ्सिर १ । काठमाडौंबाट दाङ जाँदै गरेको यात्रुबाहक बस रुपन्देहीको देवदह नगरपालिका वडा नम्बर ८ भलुही भन्ने स्थानमा दुर्घटना हुँदा २० जना घाइते भएका छन् । घाइतेहरुमध्ये दुई जनाको अवस्था गम्भीर र ५ जनाको अवस्था मध्यम छ ।

बा.प्र.०३–००१ नम्बरको बस गएराति पौने १२ बजेतिर सडकबाट करिब ३÷४ मिटर तल पल्टिएको थियो । बसमा सवार ३८ यात्रुहरुमध्ये २० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता एवम् डिएसपी मनोहर प्रसाद भट्टले जानकारी दिए ।

घाइतेहरुको उपचार देवदह मेडिकल कलेजमा भइरहेको छ । दुर्घटनाको जानकारी पाएलगत्तै प्रहरी निरीक्षक डाक्टर प्रसाद चौधरीको नेतृत्वमा १० जनाको टोली र वडा प्रहरी कार्यालय बुटवलबाट प्रहरी निरीक्षक महेश पाठकको नेतृत्वमा ७ जनाको टोली उद्धारमा खटिएको थियो ।
बस चालक प्युठान झिमरुकका प्रदीप परियारलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुर्घटनामा घाइते भएकाहरुको नामावली :-
दुर्घटनामा दाङको शान्तिनगर– ५ बस्ने २९ वर्षीय विरेन्द्र चौधरी,सल्यानको कपुरकोट–५ बस्ने ४० वर्षीया रिखि साहु गम्भीर घाइते भएका छन भने रोल्पाको होलेरी बस्ने ५६ वर्षीय प्रेम चलाउने,रोल्पाको गंगादेव–२ बस्ने २४ वर्षीय भिम ओली,सल्यानको कपुरकोट–१ बस्ने ११ वर्षीय प्रेम रावत,दाङको तुलसीपुर उपमहानगरपालिका १४ बस्ने २५ वर्षीया पूर्णिमा डाँगी,नुवाकोटको बिदुर नगरपालिका–१० बस्ने २१ वर्षीया संगिता मोक्तान मध्यम घाइते भएका छन ।

त्यस्तै सल्यानको कपुरकोट–५ बस्ने ७ वर्षीया दिपिका साहु ,सल्यानको कपुरकोट–१ बस्ने ३५ वर्षीय प्रकाश राउत,सल्यानको बनगाड कुपिण्डे–९ बस्ने २४ वर्षीय तिलक बुढाथोकी,रोल्पाको होलेरी बस्ने ७ वर्षीय रण बहादुर चलाउने,नुवाकोटको बिदुर नगरपालिका–१० बस्ने २६ वर्षीय नवराज मोक्तान,नुवाकोटको बिदुर नगरपालिका– १० बस्ने एक वर्षीय विश्वास मोक्तान,दाङको तुलसीपुर उपमहानगरपालिका–१४ बस्ने ३२ वर्षीय शरद ओली,दाङको शान्तिनगर–३ बस्ने २७ वर्षीया समिक्षा गाहा,दाङको घोराही–९ बस्ने १७ वर्षीय राहुल शाह,दाङको घोराही उपमहानगरपालिका–९ बस्ने २० वर्षीया मनिका योगी,दाङको बबई गाउँपालिका–५ बस्ने २७ वर्षीया देबीका बि.एम (बुढामगर),सप्तरीको राजविराज–१२ बस्ने ६० वर्षीय शिव नारायण रजत र सप्तरीको राजविराज–१२ बस्ने ६० वर्षीया ललिता देवी रजत सामान्य घाइते भएका छ्न ।

प्रकाशित मिति : २०८० मङ्सिर १ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *