तुलसीपुर, कात्तिक ३० । दाङको बंगलाचुलीमा अटो दुर्घटना हुँदा एक जना महिलाको मृत्यु भएको छ ।
अटो दुर्घटनामा घाइते बंगलाचुली गाउँपालिका – ५ की ६५ बर्षीया भेगी बुढाको उपचारका क्रममा बाँकेको कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
बुधबार दिउँसो १ ः ४० बजे बंगलाचुली – ५ स्थित गुरासेनी डाँडाबाट रा १ ह ५८०५ नम्बरको अटो ब्रेक फेल भइ झन्डै पाँच सय मिटर तल खसेको थियो ।
घाइतेलाई घोराहीस्थित राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचारका लागि लगिएको थियो ।
घोराहीमा उपचार संभव नभएपछि थप उपचारका लागि बाँकेस्थित कोहलपुर मेडिकल कलेजमा रिफर गिएको थियो ।
दाङका प्रहरी प्रमुख एसपी रामबहादुर केसीले घाइते बुढाको उपचारका क्रममा गएराति साढे ११ बजे मृत्यु भएको जानकारी दिए ।
प्रकाशित मिति : २०८० कार्तिक ३० गते बिहिवार